अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन २ सयले बढेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर १३ साया ३५ रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।