समाचार

आजको मौसम



काठमाडौँ, १० बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।