समाचार

ओखर खेल्दै गरेको अबस्थामा १४ जना पक्राउ



काठमाडौँ, १२ बैशाख । ओखर खेल्दै गरेका १४ जना एक लाख ८९ हजार रुपैयाँसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-९ आरुबारीबाट गंगा लामाको टहरोमा ओखर खेल्दै गरेका उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो समय जुवाको रूपमा ओखर खेल्ने प्रवृत्ति बढेको  छ । ७ वा ११ वटा ओखरलाई भुइँमा फालेर जोर कि बिजोर भनेर पैसा बाजी राखेर खेल्ने चिया पसल, चौतारो, चौर तथा टहरामा ओखर खेल्नेहरु बढेका प्रहरीको भनाइ छ ।