काठमाडौँ, १२ वैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना नियन्त्रण तथा रोकथामको लागि तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
आज उपप्रधानमन्त्री इश्वर पोखरेलेको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले उक्त तीन वटा निर्णयहरु गर्दै मन्त्रीपरिषद्को बैठकलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
निर्णयहरु
१. भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस, यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपर्ने,
२. सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस, जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन,
३. गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस,










प्रतिक्रिया दिनुहोस्