काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकाको आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा रहेको ठमेल विकास परिषद्को चुनाव आगामी जेष्ठ २९ गते हुने भएको छ । चुनाव नजिकिँदै गर्दा आफ्नो स्थानलाई उच्च बनाउन र नेतृत्व आफ्नो कब्जामा बनाउने प्रयास शुरु भएको छ । ठमेलका व्यवसायीको हितको लागि नभई नेतृत्व लिनको लागि मात्र यो वा त्यो वहानामा सकारात्मक भन्दा पनि नकरात्मक खेलहरु व्यापक हुन थालेको तथ्थ खुल्न आएको छ ।
वर्तमान कार्यसमितिको उपाध्यक्षमा झिनो मतले विजय हासिल गर्नुभएका भविश्वर शर्माले आगामी नेतृत्वमा आफ्नो कब्जा जमाउने प्रयास स्वरुप व्यापारी तथा व्यवसायीलाई झुटा आश्वासन देखाई फोहोरी खेल खेल्न शुरु गर्नुभएको छ । व्यवसायी तथा ठमेलका घरधनीलाई कुमारी बैंकबाट सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने आश्वशन दिँदै आफ्नो स्वार्थको लागि प्रयोग गर्न थाल्नुभएको छ । तर उहाँले मिलाइदिएको भनिएको सहुलियत दरको ऋण हालसम्म एक जनाले पनि प्राप्त गर्न सकेका छैनन् ।
ठमेलका व्यवसायीहरुले उहाँमाथि गंभिर संकास्पद व्यवहार तथा विवादित रहनुभएको ठम्याई रहेको छ । त्यस्तै तृतीय उपाध्यक्ष शर्माले ऋणको कुरा मात्र नभई ठमेलका व्यवसायीलाई सरकारले लगाएको कोरोना विरुद्धको खोप समेत आफुले गरेको भन्दै झुटको खेती गर्नुभएको ठमेलकै एक व्यवसायीले गुनासो गर्नुभयो । नाम उल्लेख नगर्ने शर्तमा उहाँले भन्नुभयो, ‘ठमेल विकास परिषद्को सम्पूर्ण टीमको पहलमा ठमेलका व्यवसायीहरुले कोरोना विरुद्ध खोप लगाउने कार्य भयो । तर निर्वाचन नजिकिँदै गरेकाले होला, तृतीय उपाध्यक्षका रुपमा रहनुभएका भविश्वर शर्माले आफुले व्यासायीलाई कोरोना विरुद्धको खोपको व्यवस्थापन गरे । व्यवसायीको जीउज्यानको सुरक्षामा समेत मेरो ठूलो योगदान छ भनि हल्ला गर्नुभयो । शर्माले एकल स्वामित्व लिने प्रयास गर्नुभयो । त्यो सरासर गलत हो ।’
शर्मा सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शमसेरको भाईको घरमा सामान्य व्यवसाय (स्पा) सञ्चालन गर्दै आउनुभएको छ । उपाध्यक्ष शर्माले उक्त घरमा विगत लामो समयदेखी घर भाडा समेत नतिरी बस्नुभएको समेत खुल्न आएको छ । उपाध्यक्ष शर्माले भाडा तिर्नुपर्छ भन्दा अदालतमा मुद्धा लगाई नतिर्ने प्रयासमा रहनुभएको समेत तथ्य खुलेको छ । मुद्धा लगाई भाडा नतिर्ने प्रयास गरे पनि कानुनी प्रकृया पुरा गरी घरधनीले घर खाली गराउने प्रयास भइरको समेत बुझिएको छ ।










प्रतिक्रिया दिनुहोस्