काठमाडौँ, १३ वैशाख । काठमाडौँमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ ।
गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई होल्डमा राखेर सम्झाइ बुझाइ गरेको हो ।
प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विज्ञहरुले अनिवार्य मास्क लगाउन भनेपछि प्रहरीले कडाइ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्