राजनीति

संक्रमणसँगै अन्तरराष्ट्रिय हवाई उडान प्रभावित



काठमाडौँ, १४ वैशाख । नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएका अन्य कम्पनीहरूले कोरोना संक्रमण बढ्ने सम्भावना देखिन थालेसँगै उडान संख्या घटाउने वा बन्द गर्ने विषयमा चासो राख्न थालेको ती अधिकारीले बताए । आइतवार मात्रै जम्मा २० ओटा अन्तरराष्ट्रिय उडान भएको र २३ सय यात्रु बाहिरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

आइतवार मात्रै नेपालबाट ५० जना नेपाल भारत गएको र भारतबाट ६३ जना यात्रु नेपाल आएका थिए । कार्यालयका अनुसार आइतवार नेपालमा भारतसहित अन्य मुलुकबाट २ हजार मानिस आए । शनिवार भने २२ ओटा उडान भएका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।