विश्व

मास्क नलगाउने प्रधानमन्त्रीलाई १९० डलर जरिवाना



एजेन्सी, १४ बैशाख । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर आरोपमा १९० डलर जरिवाना भएको छ ।

अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको हो । बैंककका गर्भनर अश्विन क्वानमुआङले प्रधानमन्त्री प्रायुथलाई सूचित गर्दै भनेका छन् । यो नियमको उल्लंघन हो ।