भक्तपुर, १५ वैशाख । मनोरम नगर समाजको आयोजनामा जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ मा मनोरम बालबालिका पार्कको शिलान्यास गरिएको छ । आज नेकपा एमालेका १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त पार्कको शिलान्यास गर्नुभएको हो ।
संघिय सरकार अन्तरगत शहरी विकास मन्त्रालयद्वारा रु ४८ लाखको लागतमा उक्त पार्क आज शिलान्यास गरिएको हो । आगामी असारभित्रमा निर्माण सम्पन्न गर्ने गरी उक्त पार्कको शिलान्यास भएको छ । दुई रोपनी आठ आनामा व्यवस्थित पार्कको रुपमा निर्माण हुने भएको हो । बढ्दो सहरी करणले बालबालिका तथा वृद्धवृद्धामा समस्या पैदा भइरहेको समयमा बालबालिका तथा वृद्धवृद्धामैत्री पार्कहरु मनोरम समाजले निर्माण गरिरहेको छ । शिलान्यास गरिएको उक्त पार्क समाजले निर्माण गरेको तेस्रो पार्क हो । निर्माण हुने पार्क व्यवस्थित बालबालिकामैत्री प्रविधिहरुको प्रयोग गरी निर्माण गरिने भएको छ ।
कोरोनाविरुद्धको सुरक्षा, सावधानी तथा स्वास्थ्य मापदण्डको पालना गर्दै पार्कको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले कोरोनाका कारण उपत्यकाका काठमाडौँ, ललितपुर तथा भक्तपुरसहित देशका १३ वटा जिल्लाभन्दा बढीमा लकडाउन तथा निशेधाज्ञा भोलीदेखी लगाउने भए पनि निर्माणका कार्यहरु नरोक्ने नेपाल सरकारको निर्णय भएकाले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मनोरम समाजले भक्तपुरमा रचनात्मक तथा सिर्जनात्मक ढंगले कामहरु गरिरहेको छ । समाजको क्षेत्रमा आउँदा कुनै विकसित मुलुकभन्दा कम छैन । जिल्लामा सामुदायीक संस्थाहरुमध्येमा समाजले उत्कृष्ट काम गरेको छ । समाजको पहलकदमी नै पर्याप्त मात्रमा बजेटको व्यवस्थापन भएको छ । प्रत्येक वर्ष परिवर्तनका कामहरु गरिरहेको छ । कोरोनाका कारण भोलीदेखी लकडाउन तथा निशेधाज्ञा हुँदै छ । निशेधाज्ञा भएता पनि स्वास्थ्य मापदण्ड पालना गरी अति आवश्यक तथा विकास निर्माणका आयोजनाहरु नरोक्ने निर्णय नेपाल सरकारले गरेको छ ।’
मनोहरा तथा हनुमन्ते करिडोरको दोभानमा ठूलो पुल निर्माण हुने जानकारी गराउँदै उहाँले काठमाडौँ तथा भक्तपुर जोड्ने वेलिव्रीज समेत निर्माण भई सञ्चालनमा आउनु नै उक्त स्थानका जनताको विकास प्रतिको चाहना क्रमिक रुपमा पुरा हुँदै गएको बताउनुभयो । मनोहरामा करिव ४४ रोपनी तथा हनुमन्तेमा करिव ५४ रोपनी सर्वाजजनिक जग्गा व्यक्तिले हडपी कब्जामा लिएकोलाई हाल सरकारले पुनः सरकारी नै बनाउने प्रकृया अगाडी बढाइसकेको जानकारी गराउँदै सांसद बस्नेतले अबका दिनमा विगतमा जस्तो सत्ता र शक्तिको दुरुपयोग गरी सार्वजनिक जग्गा कसैले पनि कब्जा गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन पक्ष अल्पमतमा पर्नु तथा सरकारको पक्षमा बहुमत हुनु देश र जनताको लागि खुसीको कुरा भएको उल्लेख गर्दै अब आउने बजेट जनमूखी मात्र नभई लोकप्रीय हुनेमा विश्वास दिलाउनुभयो । आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने उल्लेख गर्दै उहाँले वर्तमान संघिय संसदले अपेक्षा अनुसार काम गर्न नसकेकाले अर्ली इलेक्समनमा जानु नै उक्तम विकल्प भएको बताउनुभयो । उहाँले आगामी कार्तिक, मंसिर वा स्थानीय तहको निर्वाचनपछि संघिय निर्वाचन हुने सम्भावना रहेको उल्लेख गर्दै सवै एमालेका कार्यकर्ता तथा सुभचिन्तकलाई निर्वाचन केन्द्रीत गतिविधिहरु सञ्चालन गर्न आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्