सुनसरी, १६ बैशाख । सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन् ।
इनरुवा नगरपालिका–३ का एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन् । नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो ।
वृद्धाका छोराको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएका पछि अस्पतालमा भर्ना गरिएको छ । उनको विराट मेडिकल कलेजको कोभिड युनिटमा अहिले उपचार भईरहेको छ । परिवारका पाँच सदस्य भने होम आइसोलेसनमै छन् ।










प्रतिक्रिया दिनुहोस्