काठमाडौँ, १६ बैशाख । थप ४९ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ८ सय ८८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ८० हजार १ सय ६७ जना रहेको छ । आज ३५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३२ सय ४६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्