समाचार

आजको मौसम



काठमाडौँ, १७ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

आज राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ । यता, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र  चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।