दाङ, १७ बैशाख । दाङमा आज बिहान ६ बजेदेखि लकडाउन सुरु भएको छ ।
काेराेनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनकाे घाेषणा गरिएकाे हाे ।
गएकाे मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि आउँदाे २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो । दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएकाे छ ।
लकडाउनकाे समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएकाे छ । कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।
वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पाैडेलले जानकारी दिनुभयाे।










प्रतिक्रिया दिनुहोस्