नवलपरासी पश्चिम, १७ बैशाख । श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ।
घरायसी विषयमा विवाद हुँदा युवाले सलन्तीलाई कुटपिट गरी घाइते बनाएका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्