समाचार

देशभर आंशिकदेखि सामान्य बदली



काठमाडौँ, १८ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

आज राति प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।