Banner News

थप ५७६३ जनामा कोरोना संक्रमण, १२८७ जना डिस्चार्ज



काठमाडौँ, १८ बैशाख । थप ५ हजार ७ सय ६३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १२ सय ८७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ८२ हजा ३ सय ८२ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३२ सय ९८ जना पुगेको छ ।