समाचार

चट्याङ लागेर एकजनाको मृत्यु, ८ जना घाइते



गुल्मी, २४ बैशाख । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आज बिहान जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो ।चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेको (डिएसपी) पाण्डेले बताए । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।