काठमाडौँ, २५ बैशाख । हाल पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले काठमाडौँसहित देशका धेरै ठाउँमा घाम लागेको छ । प्रदेश-१ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएकाे छ ।
त्यस्तै प्रि-मनसुनकै समय भएकाले प्रदेश-२ बाहेकका प्रदेशमा आज दिउँसोपछि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश-१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ भने काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित पानी पर्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्