समाचार

थप दुई जना कोरोना संक्रमितको मृत्यु



बुटवल, २५ बैशाख । बुटवलस्थित कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै बुटवल उपमहानगरपालिका रहेका छन् ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार  आज बिहान बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको  डा. गौतमले बताए ।योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।