बुटवल, २५ बैशाख । दाङमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गएराती गढवादेखि बेलातर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्याक्टर गढवा गाउँपालिका वडा नम्बर ७ बालापुर ठोक्किदा मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नम्बर ७ घोराही निवासी अन्दाजी ६० वर्षका टिकाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पताल मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर निवासी वर्ष ४५ का चुडमणी पौडेलको पनि अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्