काठमाडौँ, २५ बैशाख । थप ८ हजार ४ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३३ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना रहेको छ । आज ५३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३६ सय ३२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्