अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, २६ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ सयले बढेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।