भक्तपुर, ३० वैशाख । कोभिड–१९ को संक्रमणबाट मुक्त भएसँगै नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको सामाजिक तथा राजनीतिक क्षेत्रको सक्रियता पुनः व्यापक बनाउनुभएको छ ।
कोरोनाका कारण जनतामा ठूलो त्रास तथा समस्या उत्पन्न भइरहेको समयमा सांसद बस्नेतले आफ्नो क्षेत्रको स्वास्थ्य क्षेत्रको विकास र विस्तारको साथ साथै राष्ट्रिय राजनीतिलाई सहि बाटोमा ल्याउन महत्वपूर्ण भूमिकालाई पुनः व्यापकता दिनुभएको छ । जनताको समस्या नै आफ्नो समस्या रहेको उल्लेख गर्दै उहाँले जनताको विकास र समृद्धिको साथ साथै संवैधानीक रुपमा बाँच्न पाउने अधिकारलाई स्थापीत गराउन लागि पर्नुभएको छ । कोरोनाका कारण कसैले अकालमा ज्यान गुमाउनु नपारोस् भनि सांसद बस्नेतले हिजो भक्तपुरमा निर्माणको क्रममा रहेको सुविधासम्पन्न सूर्यविनायक नगर अस्पतालको निरिक्षण गर्दै तत्तकाल शुरुवात गर्ने वातावरण मिलाउने गरी काम अगाडी बढाउन निर्देशन दिनुभयो ।
कोरोनामुक्त भएसँगै सांसद बस्नेतले बुधवार एकै दिनमा १५ वटा जनमूखि कामहरु गर्नुभएको छ । जुन यस प्रकार रहेका छन्,
१. निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष ९सांसद कोष० र सूर्यविनायक नगरपालिकाको साझेदारीमा जगातेमा निर्माण भइरहेको नगर अस्पतालको मेयर बासुदेब थापा, वडा अध्यक्षहरु किरण थापा र रबिन्द्र सापकोटाको साथ कार्य प्रगतिको निरीक्षण,
२. उक्त टिम सहित डा. राकेश बर्मा, डा. मोनिषा कार्की, लेखा अधिकृत अनिरुद्र नेपाल, इ. उमेश बस्नेत निर्माण समितिको अध्यक्ष मनकराम थापा सहितको मिटिङ्गबाट नगरपालिकाबाट तत्काल ५ करोड बजेट ब्यबस्थापन गरि संघिय सरकार र प्रदेश सरकारको सहयोगमा १५ दिन भित्र १० बेड आइ सी यु, १५ बेड एच डी यु र ५० जेनेरल बेडको संचालन गर्ने निर्णय,
३. भुमीसुधार मन्त्री र भुमिसुधार सचिव, मेयर बासुदेब थापा सहित मिटिङ सूर्यविनायक अस्पतालको जगातेको जमिन, मानव अंग प्रत्यारोपन अस्पताल, क्यान्सर अस्पताल, एकीकृत सरकारी कार्यालय निर्माण, यातायातको अफिस, सहना मंगला असाहाय केन्द्रको जग्गा व्यवस्थापन र मनोहरा नदिको ४५ रोपनी र हनुमन्ते नदिको ५४ रोपनी जग्गाको अबैध (दुषित) दर्ता र सुकुम्बासी समस्या समाधानको निमित्त उपलब्धिमुलक छलफल,
४. बागमती प्रदेश नवनियुक्त सामाजिक पुर्वाधार मन्त्री सरस्वती बस्नेतसँग भक्तपुरको समस्याको बारेमा फोन वार्ता, तत्काल समस्या समाधानको लागि प्रकृया अगाडी बढाउने,
५. स्वास्थ तथा जनसंख्या मन्त्री हृदयस त्रीपाठी र स्वास्थ्य सचीब बैकुण्ठ अर्याल र उप सचीव प्रकाश अधिकारी सहितको मिटिङ्गबाट सूर्यविनायक अस्पताललाई थप ५ बेडको आइ सी यु र १५ बेडको एच डि यु सपोर्ट गर्ने निर्णय, साथै भक्तपुरमा देखिएको अक्सिजन अभावको फुलफिल गर्न सगरमाथा कम्पनीबाट अक्सिजन उपलब्ध गराउन पहल र ठिमी स्थित टी बि (टियुभर कोलोसेस) सेन्टरमा बनी रहेको ५० शैयाको छाती रोग अस्पताललाई भेरिएसन गरेर थप बजेट राखी कोभिड आइशुलेसन वार्ड बनाउने निर्णय,
६. संघिय सचिव एक नारायण अर्याल र सहसचिव राजिब पोख्रेल सहितको मिटिङ सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन, अस्पताल, पुल र सडक पुर्वाधार निर्माणमा थप ६ करोड व्यवस्थापन गर्ने निर्णय,
७. सहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेलसँग छलफल छाती रोग अस्पतालको भेरियसन अर्डर अगाडि बढाई गठ्ठाघरमा ५ हजार क्षेमताको सभाहल, मदन भण्दारी स्मृति खेल मैदान तथा पार्क र बालप्रतिभा उद्धान बनाउन बजेट व्यवस्थापन गर्ने निर्णय,
८. वन तथा वातावरण मन्त्री प्रेम आले र वन सचीव प्रेम कंडेलसँग मिटिङ गरि सूर्यविनायक प्राणी उधान केन्द्रको डिपीआर को निमित्त विनियोजन गरेको ४ करोड कामको प्रक्रिया तुरुन्त अगाडि बडाउने र उधानको रिङ्ग रोड बनाउन विनियोजित ५ करोड कार्यान्वयन गर्न सूर्यविनायक चोक, गणेशस्थान कृष्ण मन्दिर–गुण्डु छेडा–कार्की गाउँ–मन्थली सडकको निर्माणमा पर्ने रुख कटानी गर्न आ इ इ रिपोर्ट पासगर्ने निर्णय,
९. उपप्रधानमन्त्री तथा सीसीएमसीका प्रमुख इश्वर पोख्रेल, पर्यटन मन्त्री भानुभक्त ढकाल र सांसद निरुदेवी पाल र सांसद किसान श्रेष्ठ सहितको मिटिङ्गमा अहिलेको कोभिड १९ को दोस्रो भेरियन्टको अवस्थामा देखिएका समस्या हल गर्न र भक्तपुर, महाकाली अस्पताल, तनहु, अर्घाखाँची, रौतहट र दाङ अस्पताल समेतमा स्वास्थ सामाग्री र अक्सिजन ब्यवस्थापन गर्न अनुरोध,
१०. स्वास्थ विभागको महानिर्देशक दिपेन्द्र रमण सिंहसँग छलफल त्यहाँ रहेका विभिन्न सामाग्री र अक्सिजन व्यवस्थापन गर्न भक्तपुर अस्पतालका मेसु सुमित्रा गौतमलाई जिम्मा,
११. सोही टीम अर्थमन्त्री बिष्णु पौडेल र सचिव शिशिर ढुङ्गानासँग मिट्ङ्ग, भक्तपुरलाई थप १० करोड, महाकाली अस्पताललाई ४ करोड, रौतहट, दाङ, अर्गाखाँची र तनहुँलाई पनि आवश्यक बजेट दिने प्रतिबद्धता ९सो भन्दा अगाडि मन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री अनिल कुमार झा, शान्ता चौधरी, कोमल ओली र गंगा चौधरीसँग छुट्टा छुट्टै भेटघाट भएको आधारमा योजना माग गरिएको,
१२. सांसद किसान श्रेष्ठसँगै राजनैतिक भेटघाट, औद्योगिक क्षेत्र ब्यवस्थापन लि।का अध्यक्ष नन्द किश्वर बस्नेतसँग अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न छलफल,
१३. गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग भेट्घाट समग्र कामको फलोअप,
१४. आइजीपी शैलेस थापासंग फोन संवाद र सम्बन्धित काममा सहयोग माग र पूर्व डिएसपी गोबिन्द कार्की र एपिएफ डिएसपी रबिन भुजेल मार्फत कामको फलोअप,
१५. प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट समग्र कामको रिपोर्टिङ, समसामयिक राजनैतिक छलफल र आवश्यक निर्देशन ।










प्रतिक्रिया दिनुहोस्