काठमाडौँ, ३१ बैशाख । थप ८ हजार ५ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ६५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ६ हजार १ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना रहेको छ । आज २०३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्