Banner News

प्रधानमन्त्री ओेलीद्वारा पद तथा गोपनीयताको सपथ



काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

त्यस्तै नवनियुक्त हुनुभएका सम्पूर्ण मन्त्रीहरुले समेत पद तथा गोपनियताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरु सम्पूर्ण पहिलेकै हुनुहुन्छ भने उहाँहरुको विभागिय जिम्मेवारी पनि पहिलेको नै रहेको छ । २७ गते प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीले नसक्नुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्नुभएको थियो । तर विपक्षी कांग्रेस, माओवादीलगायतका संयुक्त गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति भण्डारीले संविधान धारा ७६ (३) अनुसार आज एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।