काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु उद्घाटन तथा शिलान्यास भटाभट गरेकाले कतिय विकास विरोधीहरु आत्तिएको बताउनुभएको छ ।
गरेका छन् । बालुवाटारमा भएको कार्यक्रममार्फत स्विच थिचेर भर्चुअल रुपमा गोदावरीमा बनेको गोदावरी सनराइज सम्मलेन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले उद्घाटनपछिका उद्घाटनहरूले केही पनि भएन भन्ने केही व्यक्ति आत्तिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उद्घाटन भएको भयै छ, धरहरा बनिसक्यो, पार्किङ र बगैँचा बन्न बाँकी छ, त्यहाँपनि काम नसकी उद्घाटन भयो भनियो । यहाँ पनि त्यही भन्न सक्छन्, बाहिरफेर कति काम बाँकी होलान्, हल पुग्ने बाटो विस्तार हुन बाँकी होला, यस्तै केही भन्लान् ।’
नकारात्मक टिप्पणी गर्ने आदत भएकालाई प्रशंशा गर्न नै नआउने उल्लेखख गर्दै भन्नुभयो, ‘लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल उद्घाटन गरेर बुद्ध जयन्तीमा कार्यक्रम गर्छौ ।’ शहरी विकास विभागकाका अनुसार ९८ प्रतिशत काम भइसकेको छ । विभागका अनुसार २०७६ कार्त्तिकमा ५ महिनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भइसकेको छ ।
४३ रोपनी १५ आनामा बनेको सभाहलमा ३ हजार वटा सिटहरु छन् । दुई वटा साना हलहरु पनि छन् । भीभीआईपी कक्ष पनि छ । पार्किङ र बगैँचा पनि बनाइँदैछ ।










प्रतिक्रिया दिनुहोस्