काठमाडौँ, १ जेठ । थप ८ हजार १ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ हजार ४ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ३३ हजार १ सय ८ जना रहेको छ । आज १८७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्