राजनीति

नयाँ दुई मन्त्रीले लिए शपथ



काठमाडौँ, ३ जेठ । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले आज शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।