अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ६ सयले बढेर ९३ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।