पोखरा, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ ।
गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गर्नुहुने बताइएको छ ।
‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी छ,’ मुख्यमन्त्री गुरुङको सचिवालय स्रोतले भन्यो । मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्री गुरूङ गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउन लागेको स्रोतले बतायो ।










प्रतिक्रिया दिनुहोस्