Banner News

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस–माओवादी अदालत जाने (निर्णयसहित)



बुटवल, ५ जेठ । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

बुधबार बसेको कांग्रेस, माओवादी, जनतासमाजवादी पार्टी (जसपा) उपेन्द्र पक्षसहितको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । गत वैशाख १९ गते एमाले संसदीय दलका नेता पोखरेलले आफूसंग बहुमत रहेको दावी गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेल वहुमतमा पुगेको भोलिपल्ट विपक्षी चार दलले उनको नियुक्ति बदरका लागि सर्वोच्च जाने निर्णय गरेका हुन् ।