राजनीति

प्रधानमन्त्री ओली र बेलायीत राजदुतबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजदुत निकोल पोल्लिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यकक्ष सिंहदरवारमा आज राजदुत पोल्लिटबीच भएको भेटवार्तामा दुई विषयमा गंभिरतका साथ छलफल भएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि बेलायत र नेपालबीचको सहकार्यको बारेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक खोपको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

सल्लाहकार थापाले सामाजिक संजालमा भन्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सिंहदरबारस्थित कार्यकक्षमा नेपालका लागि बेलायती राजदूत Nicola Pollit ले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यत: काेभिड- १९ विरूद्दकाे लडाइँमा परस्पर सहयाेगकाे आदानप्रदान बारेमा छलफल भयाे । प्रधानमन्त्रीज्यूले यस क्रमममा बेलायतले गरेकाे सहयाेगका लागि धन्यवाद ज्ञापन गर्नुभएकाे छ । र, नेपाली जनताकाे लागि AstraZeneca Covid- 19 vaccine उपलब्ध गराउन अनुराेधसमेत गर्नुभएको छ ।’