Banner News

थप ८३०५ जनामा कोरोना संक्रमण, ६५४३ जना डिस्चार्ज



काठमाडौँ, ६ जेठ । थप ८ हजार ३ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख  ६६ हजार ९ सय ४६ जना रहेको छ । आज १९० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ जना पुगेको छ ।