राजनीति

काठमाडौँ उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार नाघ्यो



काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकामा हालसम्म संक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँ २४ हजार ३८९, ललितपुरमा ६ हजार ८९५ र भक्तपुरमा ४ हजार ७८३ सक्रिय संक्रमित रहेका छन् । हालसम्म यी तीन जिल्लामा १ हजार ९३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । सबैभन्दा धेरै काठमाडौंमा १ हजार ३२६ संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा ३४७ र भक्तपुरमा २६२ को मृत्यु भइसकेको छ ।

हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ । मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको मन्त्रालयले जनाएको छ ।