एजेन्सी, ७ जेठ । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।
बीबीसीका अनुसार दुई देशबीचको सहमतिअनुसार शुक्रबार बिहानदेखि युद्धविराम सुरु भएको हो ।
इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । युद्धविरमापछि हुने थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधि पठाउने समाचारमा उल्लेख छ ।
यसअघि विभिन्न अन्तर्राष्ट्रिय निकासले पनि दुई देशलाई यद्धविराम गर्न आग्रह गरेका थिए । प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । दुई देशबीच ११ दिनसम्म चलेको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्