काठमाडौँ, ९ जेठ । हाल अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र तराइका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौँमा अपरान्ह्पछि बदलीको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियससम्म पुग्ने छ ।










प्रतिक्रिया दिनुहोस्