काठमाडौँ, ९ जेठ । लागु औषध (खैरो हेरोइन) सहित झापा र कञ्चनपुरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । भिमदत्त–६ ऐठपुर घर भएका औजीको साथबाट ९ दशमलव ४२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्