समाचार

काठमाडौँ उपत्यकामा २,८२१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ९ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७ सय ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर थप ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको पछिल्लो २४ घण्टामा देशभर १ सय ९३ जनाको मृत्यु भएको छ ।