समाचार

मौसम पूर्वानुमान



काठमाडौँ, ११ जेठ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भैसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ । यसको असर केही दिनमा नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेकाले सबैलाई सजग रहन महाशाखाले आग्रह गरेको छ ।

आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि  पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ ।