काठमाडौँ, १२ जेठ । हाल नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । प्रदेश १ काे केही ठाउँमा भने आज ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
चक्रवातको असरका परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षासँगै उच्च बेगको हावाहुरी समेत चल्ने सम्भावना रहेकोले केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन महाशाखाले सुझाव दिएको छ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने छ ।










प्रतिक्रिया दिनुहोस्