समाचार

प्रदेशका पूर्वप्रमुख मल्लको कोरोनाबाट निधन



काठमाडौँ, १३ जेठ । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ ।

कोरोना र निमोनियालगायतबाट पीडित उनको आज काठमाडौंको निदान अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए ।