राजनीति

खिमलाल देवकोटाले राष्ट्रिय सभा सदस्यमा लिए सपथ



काठमाडौँ, १४ जेठ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले सपथ लिएका छन्।

आज राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए ।