काठमाडौँ, १५ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।
आज आरोहणको हिसाबले ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना महामारीकै बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ ।
सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजार आरोहीहरू सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्