विश्व

जापानमा तीन हप्ता सङ्कटकाल लम्बियो



काठमाडौँ, १६ जेठ । जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएकाे छ ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे  पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।