काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताहरुले देशकै विरुद्धमा गतिविधिहरु गरिरहेको भन्दै आक्रोस जनाउनुभएको छ ।
आइतबार बालुवाटरामा आयोजित एक कार्यक्रममा उहाँले सांसदको रुपमा खाएको शपथ झुटो भएको बताउनुभयो । आफ्नो सरकारविरुद्ध उभिने, विश्वासको मत हाल्ने बेलामा संसद्मा सहभागी नभएको र सरकार बनाउन विपक्षीकोमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहप्रति आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “फ्लोर क्रस, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उमेदवार उठाउने दुनियाँमा कहीँ हिष्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउन विपक्षीकहाँ पुग्ने । दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली । तीनले खाएको शपथ झुटो हो । शपथ बेइमानी हो । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको छ ।”
खनाल–नेपाल समूहले देशकै विरुद्ध ठूलो अनिष्टको काम गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै पुगेका नेता नेपालले आफू ओलीको विपक्षमा भन्दा लाज नलागेको भन्ने टिप्पणी समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्