Banner News

संसद विघटनसम्बन्धी मुद्दाको बहस सकियो



काठमाडौँ, १६ जेठ । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ ।

रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे । आइतबार संसद विघटनसम्बनधी दुबै विषयमा दुबै तर्फको बहस सकिएको छ । तर मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उहाँले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् । तर सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन् । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ रहनुभएको छ ।