काठमाडौँ, १८ जेठ । मलेसियामा आजदेखि लकडाउन भएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो ।
आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ ।
मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जनाएको छ । यो अवधिभर सुरक्षित रही मलेसिया सरकारले जारी गरेको नियमको पालना गर्न दूतावासले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्