काठमाडौँ, १८ जेठ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।
काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज ४:२५ मा निधन भएको हो । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्