काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञा जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको छ ।
बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल विहान ९ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्