एजेन्सी, २० जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो ।
युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार युद्धका कारण ७७ हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् भने ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यस्तै, युद्धग्रस्त क्षेत्र गाजा संयुक्त राष्ट्रसङ्घ र रेड क्रस सोसाइटीका पदाधिकारीले निरीक्षण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्